फिल्म 'राधा'को पोस्टर आउट भएको छ । अधिकांश दृश्य खिचिएको झापामा नै पुगेर निर्माण टिमले पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा लिड अभिनेता जीवन लुईंटेल र अभिनेत्री सञ्चिता लुईंटेलको प्रेमभाव झल्किन्छ । तिहारमा रिलिज हुने उक्त फिल्मको झापा दमकमा आयोजित एक पत्रकार सम्मेलन मार्फत फष्टलुक पोष्टर रिलिज गरिएको हो ।
.jpg)
कार्यक्रममा निर्देशक योगेश घिमिरे, स्क्रिप्ट राइटर प्रदीप भारद्धाज सहित दमक उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विमल खतिवडा, प्रथम उपाध्यक्ष गोपाल गुरागाई, एफ.डी कम्पनीका पूर्वाञ्चल वितरक चौतन्य बराल एवं नेपाल चलचित्र संघ पूर्वाञ्चल बेल्टका निवर्तमान सभापति विकास कोइराला लगायतको उपस्थिती थियो ।
.jpg)
कार्यक्रममा उपस्थित हुन पुगेका स्क्रिप्ट राईटर प्रदीप भारद्धाजले चाँहि यो फिल्मको कथा चट्पटे स्वाद जस्तै रहेको बताए । उनले २ घण्टाको समयमा दर्शकले भर्पूर मनोरञ्जन पाउँने दावी समेत गरे ।
फिल्म तिहार पर्वको छेकोमा आउँदो कार्तिक १२ मा रिलिज हुँदैछ ।

