Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोक्सी प्रथा अन्त्यको नारा सहित 'अग्निदहन' निर्माण घोषणा

फिल्मीखबर, काठमाडौं, 2016/10/16
२१ औं सताब्दीमा आउँदासम्म पनि नेपालका विभिन्न ठाउँमा विधमान रहेको कुरिति संस्कार बोक्सी प्रथा निर्मुल पार्ने महा अभियान बोकेको संस्थाको संरक्षणमा फिल्म अग्निदहन निर्माण हुने भएको छ । आइतबार राजधानीमा आयोजित प्रेसमिटमा फिल्मबारे जानकारी दिइयो । 
 
 
धौली निर्देशक घनश्याम लामिछानेले निर्देशन गर्ने फिल्मलाई बोक्सी कुप्रथा अन्त्यको महाभियानका लागि नेपाल नामक सामाजिक संस्थाले निर्माण गर्दैछ । संचार सचिव दिनेश थपलियाले पहिलोपटक कुनै नेपाली फिल्म बनाउनका लागि आवश्यक सहयोग गर्ने आग्रहसहितको परिपत्र सबै मन्त्रालयलाई पठाइएको बताए ।
 
 
निर्देशक लामिछानेले समाजले भुलेको कन्टेन्टमाथि फिल्म बनाउन लागेको बताए । मधेशको सेटिङमा खिचिने फिल्मको छायांकन हेटौंडा, चितवनसहित पोखरामा समेत हुने भएको छ । 
 
निर्माता कोविद शरण उपाध्यायले फिल्मले कमाएको नाफा व्यक्तिगतरुपमा नलिने तर बोक्सीविरुद्धको अभियानमा खर्चने बताए । अग्निदहनपछि निर्माणको पाइपलाइनमा बुहारी सिनेमा रहेको उनले बताए । 
 
मेरिकाको लागि नेपाली पर्यटनदूत रामचन्द्र खरेलले सिनेमालाई विश्वव्यापी वितरण गर्न आफूहरु तयार रहेको बताए । सोमबार हेटौंडादेखि फिल्मको छायांकन सुरु हुँदैछ ।
 
अनुपमा भण्डारी, प्रमिला तुलाचन, प्रकाश घिमिरे, माओत्से गुरुङ, तुलसा जिसी, तारा गुरुङ, विष्णु बाँस्तोला, ओम पौडेल लगायतको अभिनय हुनेछ । लोकमणी पौडेलको पटकथा, दीर्घ गुरुङको छायांकन, जेसन कुवँर पाश्र्वसंगीत, दीर्घ खड्का सम्पादक हुनेछन् । 
 
Most Visited News (monthly)