Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

खुल्यो 'ए दिल है मुश्किल' को ऐश्वर्या रहस्य

एजेन्सी, मुम्बई, 2016/10/16
करण जोहरको फिल्म 'ए दिल है मुश्किल'मा लिड अभिनयमा रहेको भनेर प्रचार गरिए पनि अभिनेत्री ऐश्वर्या रायको ठुलो अभिनय नरहेको बलिउड मिडियाले लेखेका छन् । उक्त फिल्ममा ऐश्वर्याको जम्मा २० मिनेटको भुमिका रहेको वलिउड हंगामाले लेखेको छ । 
 
प्रचारका कार्यक्रमदेखी मिडियामा आउँदा पनि करणले अनुष्का शर्मा, रणविर कपुरसँगै ऐश्वर्याको पनि लिड अभिनय रहेको र सबैको समान भुमिका रहेको बोल्दै आएका थिए । 
 
धर्म प्रोडक्शनको उक्त फिल्म यसैपनि कन्ट्रोभर्सीमा परिसकेको छ । अजय देवगानको फिल्म 'शिवाय'सँग भिड्न लागेको फिल्मको बारेमा एक पक्षले अर्कोलाई गर्दै आएको घोचपेच तथा आरोप प्रत्यारोपले समेत दुबै फिल्म चर्चामा पनि छन् ।
Most Visited News (monthly)