Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

'छक्का पञ्जा'बाट नेपालमा सर्वाधिक कमाउने फिल्मको किर्तिमान

फिल्मीखबर, काठमाडौं, 2016/10/16
प्रदर्शनको छैटौं हप्तामा प्रवेश गरेको फिल्म 'छक्का पञ्जा'ले नेपाली वक्सअफिसका सबैजसो किर्तिमान ब्रेक गरेको छ । फिल्मले ३७ दिनको प्रदर्शन पार गर्दैगर्दा झण्डै १३ करोड आसपासको कलेक्शन गरेको छ । यो कलेक्शन आजका दिनसम्म कुनै पनि नेपाली फिल्मको भन्दा बढि हो । 
 
यसअघि सर्वाधिक कलेक्शनको रेकर्ड दिवंगत अभिनेता श्रीकृष्ठ श्रेष्ठ स्टारर फिल्म 'कोहिनुर'को नाममा थियो । उक्त फिल्मले झण्डै १० करोडको विजनेस गरेको थियो । 
 
फिल्मले प्रदर्शनको सातौं हप्ताको ढोका ढक्ढक्याउन पुग्दा पनि हलमा दर्शकको साथ उत्तिकै छ । आजका दिनसम्म पनि मल्टिप्लेक्स तथा सिंगल थियटर सबैतिर फिल्मको अकुपेन्सी ८० प्रतिशत माथी रहेको हल सञ्चालकहरु बताउँछन् । मल्टिप्लेक्समा शो बिराएर फिल्मले हाउसफुल कलेक्शनलाई जारी राखिरहेको छ । 
 
फिल्म आफैमा उत्कृष्ट बनेको अनि अभिनयमा जोडिएका स्टारकास्ट, कमेडी जनराका सर्वाधिक चर्चित अनुहारहरु समेटिनु जस्ता कारणहरु फिल्मप्रति दर्शक उर्लिनुको पछाडी छन् । 
 
डेब्यू फिल्मबाट नै सफलता चाखेकी अभिनेत्री तथा हाँस्य कलाकार दिपाश्री निरौलाले नेपाली फिल्म निर्देशकहरुको सुचीमा आफुलाई सुरुमै अब्बल सावित गरेकी छिन् । यो फिल्ममा दिपकराज गिरी, जितु नेपाल, प्रियंका कार्की, केदार घिमिरे, बर्षा राउत, शिवहरी पौड्याल लगायत लिड अभिनयमा छन् ।
Most Visited News (monthly)