Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

युएईमा नियमित नेपाली फिल्म लाग्ने, हाउसफुल बन्दै 'बीर बिक्रम'को प्रदर्शन सुरु

फिल्मीखबर, काठमाडौं, 2016/10/15
पछिल्लो समय विकासको हिसाबले निकै अघि आइसकेको देश 'युएई' (संयुक्त अरब ईमिरेट्स) मा अब नियमित रुपमा नेपाली फिल्म प्रदर्शन हुने भएको छ । त्यहाँ स्थित स्थानिय हलमा अब एकै सरभरबाट नौ शहरमा एकसाथ नेपाली फिल्म प्रदर्शनमा आउने पक्का भएको त्यहाँ स्थित नेपाल पत्रकार महासंघ अध्यक्ष त्रिलोचन कोईरालाबाट प्राप्त समाचारमा उल्लेख छ ।
 
 
पहिलो शो अन्तर्गत मिलन चाम्स निर्देशित फिल्म 'बीर बिक्रम'ले हाउसफुलका साथ आफ्नो प्रदर्शनलाई अघि बढाएको छ । फिल्म प्रदर्शनको सुभारम्भमा नेपाली दूतावास अबुधाबीका कार्यवाहक राजदुत नेत्र टन्डन , चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई लगायत उपस्थित रहँदै सुभकामना व्यक्त गरे ।
 
भोक्स फिल्म हलको सिन्धगा सिनेमा हल बरदुवइमा भएको कार्यक्रममा युएईमा क्रियासिल नेपाली संघ संस्था सम्बद्ध व्याक्तिहरु  सञ्चारकर्मी तथा फिल्म प्रेमीहरुको  राम्रो उपस्तिथी रहेको थियो ।
 
आयोजक टिमबाट प्राप्त जानकारी अनुसार युएईमा अब नियमित रुपमा बिहीबार, शुक्रबार र शनिबार नेपाली फिल्म चल्नेछ ।  कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स कम्पनिले यो व्यवस्था गरेको बुझिएको छ ।
Most Visited News (monthly)