Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

सय बर्ष पुरानो कथामा बनेको 'पुरानो पुस्ता' रिलिज तय

फिल्मीखबर, काठमाडौं, 2016/10/15
सय वर्ष पहिलाका पुस्ताको कथालाई प्रस्तुत गरिएको फिल्म ‘पुरानो पुस्ता’ प्रदर्शनका लागि तयार भएको छ । फ्लोरिना फिल्मस् प्रालिको प्रस्तुतिमा तयार भएको भएको फिल्ममा दीप सागरको निर्देशन छ । 
 
 
फिल्म मंसीर ३ गतेबाट अल नेपाल रिलिज हुँदैछ । रोल्पा र प्युठानमा छायांकन गरिएको फिल्ममा शेरबहादुर गुरुङ, विराज विष्ट, अनिश मगर, देव नेपाल, सृष्टि, कृष्ण सुनार, तेजबहादुर तामाङ, मेनुका लगायतका कलाकारले अभिनय गरेका छन् । 
 
सावित्री ओली कार्यकारी निर्माता रहेको फिल्ममा सञ्जिव पौडेलको लेखन र दीपसागरकै छायांकन छ । निर्देशक दीपसागरले राप्तीका पहाडी जिल्लाहरुको रमणीय दृष्य फिल्ममा दर्शकले हेर्न पाउने बताए । 
 
‘पहिलेका मानिसहरुले दैनिक गुजार्ने गरेका संघर्ष कथामा चित्रण गरिएको छ’, उनले भने, ‘नुन, तेल किन्न कहाँ जानुपर्दथ्यो र कतिसम्म दुःख गर्नुपथ्र्यो भन्ने कुरा फिल्ममा देखाइएको छ ।’ 
 
आफ्नो फिल्म अन्य फिल्म भन्दा फरक र मौलिक विषय बस्तुसहित बनेकाले सबैले मन पराउने दाबी उनले गरे । फिल्ममा तीनवटा गीत समावेश छन् । जसमा डमप्रकाश पुनः र दीप सागर जिसीको संगीत र कृष्णप्रसाद पौडेलको छ ।
Most Visited News (monthly)