Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

रणविरको 'बेफिक्रे' ट्रेलरले राख्यो तीन दिनमै रेकर्ड

एजेन्सी, मुम्बई, 2016/10/14
पछिल्लो फिल्म 'बाजिराव मस्तानी' बाट शाहरुख खानलाई पछार्दै हिट बनेका स्टार अभिनेता रणविर सिंह स्टारर फिल्म 'बेफिक्रे'को ट्रेलरले नै रेकर्ड कायम गरेको छ ।
 
ट्रेलरले तीन दिनमा मात्रै १ करोड ६५ लाख बढिको युट्युव भ्यूअर्स रेकर्ड राखेको हो । 
 
बलिउड स्टार सलमान खान तथा आमिर खान र शाहरुखको फिल्मको दाँजोमा तीन दिनमा नै यो प्रकारको युट्युव भ्युअर्स कायम गर्दै अघि बढेको 'बेफिक्रे' सामाजिक सञ्जालमा अहिले भाईरल बनिरहेको छ ।
 
तीन खानको फिल्मको दाँजोमा पनि यो प्रकारको युट्युव दर्शक अझै बढि हो बलिउड अनलाईनहरुले लेखेका छन् ।  फिल्ममा रणविर सिंहसँगै वाणी कपुर लिड अभिनयमा छन् भने निर्देशन, लेखन तथा निर्माण आदित्य चोपडाको छ ।
 
हेर्नुहोस ट्रेलरः
 
 
Most Visited News (monthly)