Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'जंगबहादुरको कोट' रिलिज घोषणा, कार्तिक २६ बाट देशभर

फिल्मीखबर, काठमाडौं, 2016/10/14
कार्तिक १९ बाट सरेर २६ पुगेको फिल्म 'जात्रा'ले उक्त मितिमा पनि सोलो रिलिज नपाउने भएको छ । अष्ट्रेलियाका विभिन्न स्थानमा खिचिएको फिल्म 'जंगबहादुरको कोट' निर्माण टिमले रिलिज मिति तय गर्दै कार्तिक २६ मा प्रदर्शनमा आउने घोषणा गरेको छ । 
 
आशिष भेटवाल निर्देशित फिल्ममा अष्ट्ट्रेलियासँगै नेपालका विभिन्न दृश्यहरु समावेश छन् । फिल्मको निर्माता जयन खड्का हुन् । सस्पेन्स थ्रिलर जनराको भनिएको फिल्मको निर्माण टिमले प्रचारलाई अघि बढाउने उद्देश्य स्वरुप रिलिज  मिति तय गरिएको बताएको छ । 
 
फिल्ममा 'जंगबहादुरको कोट'को प्रसंग उठान भएपनि उनको कथालाई भने नदेखाइने निर्माणपक्षले जानकारी दिएको छ । फिल्ममा विमलेश अधिकारी, सुचित्रा आचार्य, अनुप बराल, विश्व बस्नेत, सुवांगी कोइराला, मोहन निरौलाको अभिनय देख्न सकिन्छ । फिल्मको एक गीतमा अभिनेत्री नन्दिता केसीले आइटम नृत्य गरेकी छिन् ।
Most Visited News (monthly)