मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

यस्तो छ 'किस्मत २' को दशैं विजनेस (वक्सअफिस)

फिल्मीखबर, काठमाडौं, 2016/10/12
 
दशैंको छेकोमा गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'किस्मत २' को व्यापारिक अवस्था कस्तो रह्यो धेरैको कौतुहलताको विषय हुनसक्छ । निर्माता छबिराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको विवाहको कन्ट्रोभर्सी तथा विविध कारणकाबीच चर्चामा रहेको फिल्मले आशातित विजनेस गरेको निर्माण टिम तथा वितरण कम्पनिबाट जानकारी आएको छ । 
 
फिल्मको विजनेसबाट आफु पुर्णतः सन्तुष्ट रहेको बोल्दै निर्माता ओझाले आफु काठमाडौंका हल हलमा पुगेर दर्शकसँग खुसी साट्दै टिका लगाईदिएको समेत बताए । 'हिजो पनि दिनभर हलमा दर्शकसँग हलमा दशैं मनाएँ अहिले पनि विश्वज्योती हलमा छु, निर्माता ओझाले भने, 'हालसम्मको दर्शकको साथबाट उत्साहित छु सबैलाई धन्यवाद छ ।'
 
उता वितरक गोपाल कायस्थबाट प्राप्त जानकारी अनुसार फिल्मले पाँच दिनमा देशभरबाट ७० लाख बढिको विजनेस गरेको छ । 'विगतका दशैंमा मोफसलमा दर्शकको चाप बढि राजधानीमा कम पाईन्थ्यो, यो पटक सबैतिर बराबर छ, बुधबार (आज) पनि हलमा दर्शकको भीड उत्तिकै छ, कायस्थले भने । 
 
ऋषि लामिछाने निर्देशित फिल्ममा शिल्पा पोखरेल, पृथ्वीराज लगायत लिड अभिनयमा छन् । फिल्मले सांगितिक रुपमा रिलिज पहिले नै बाजी मारेको थियो । निर्माता ओझाको अनुसार फिल्मको कुल लागत भने ८० लाख हो ।