कार्तिक २६ मा रिलजि हुने गरी फिल्म 'जात्रा'को ट्रेलर सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक ट्रेलरमा पैसाका कारण उत्पन्न पीडालाई प्राथमिकता दिईएको छ ।
फिल्ममा पशुपतिप्रसादबाट भष्मे पात्रका कारण चर्चामा आएका विपिन कार्की र बर्षा राउत लिड रोलमा छन् भने विपिनसँगै रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, प्रेक्षा बज्राचार्य लगायतको अभिनय पनि जात्रामा देख्न पाईनेछ ।
फिल्मलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् भने निर्मातामा रविन्द्र सिंह बानियाँ छन् । फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् ।

