Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

थाहा पाउनुहोस, को कलाकारको दशैं कस्तो बन्दैछ ?

फिल्मीखबर, काठमाडौं, 2016/10/08
 
हिन्दू नेपालिहरुको महान पर्व वडादशै यो बर्षको लागी सुरु भैसकेको छ । सबैले हर्ष उल्लासका साथ मनाउने दशैको यो बर्षको लागी असोज २५ गते टिका परेको छ । हरेक नेपालीलाई जस्तै नेपाली फिल्मी कलाकारलाई समेत बडा दशैको रौनकले राम्रै छोएको छ । 
 
फिल्मिखबरले बिभिन्न फिल्मकर्मीसँग यो बर्ष उनिहरु कसरी दशै मनाउदै छन भन्ने बिषयमा कुराकानी जोडेको छ । फिल्मिखबर सँग  कलाकारले साटेको दशै योजना यस्तो छ ।
 
१.सञ्चिता लुईटेल
 
 
सुन्दर अभिनेत्री सञ्चिता लुईटेल यो बर्षको दशै आफ्नै परिवारको साथमा रहेर मनाउने योजनामा छिन । दशै मलाई गज्जबले नै लाग्छ , नवरात्री सुरु भएसङ्गै मलाई दशैले छुन्छ । म नवरात्री भरी फलफुल मात्रै खान्छु र हरेक बिहानी पुजा गर्छु ,फिल्मिखबर  सँग उनले आफ्नु दशै योजना सुनाईन । सधै आशिर्वाद लिने क्रम बढी हुन्थ्यो आजकल छोराछोरिलाई आशिर्वाद दिने क्रम चलेको छ ,एकदम रमाईलो रहन्छ । दशैमा पनि कार्तिक १२ मा प्रदर्शनमा आउन लागेको फिल्म 'राधा' को नै चर्चा चल्ने उनले बताईन ।
 
२.जीवन लुईटेल
 
अभिनेता जीवन लुईटेलको दशै सदाको बर्षको झै यो बर्ष पनि आफ्नै गृहनगर विराटनगरमा बित्नेछ । हरेक बर्षको दशै म आफ्नै गृहनगरमा बिताउन कोसिस गर्छु , यो बर्ष पनि स-परिवार उतै हुन्छु । दशै आफुलाई त्यस्तो तडकभडकको साथ नलाग्ने बताउने जीवनको लागी यो बर्षको दशै केहि बिषेश पनि छ । उनकी छोरिको यो पहिलो दशै हो, छोरिलाई पहिलोपटक दशैमा टिका लगाएर आशिर्वाद दिन लागेका जीवन आफ्नो लागी दशैको बिशेष भनेको नै पारिवारिक जम्घट रहेको बताउँछन् ।
 
३. दिपाश्री निरौला
अभिनेत्री , निर्मात्री तथा निर्देशक दिपाश्री निरौला यो बर्षको दशै मनाउन आफ्नु गृहनगर विराटनगर  पुगेकी छिन । दशैको मौकामा नै घरमा बुहारी भित्र्याउन लागेकोले दशै बिषेश बन्ने उनले बताईन । आफ्नु भाईको विवहा अनि दशै मनाउन उनि यतिबेला विराटनगरमा छिन ।  भाद्र २४ गतेबाट दर्शकको माया भित्र्याए ,अहिले बुहारी भित्र्याउने तयारिमा छु साच्चै यो बर्षको दशै मलाई गज्जबको बनेको छ, लामो हासोको साथमा आफ्नो कुरा फिल्मिखबर सङ्ग साटिन दिपाश्री ले  ।
 
४. बिनिता बराल
चपली गर्ल अनि पछिल्लो समयकी लेखिका बिनिता बरालको यो बर्षको दशै अमेरिकामा बित्नेछ । पछील्लो बर्ष पनि अमेरिकामा दशै मनाएकी बिनिता यो बर्ष पनि अमेरिकामा नै हुनेछिन ।  बिनिताको दशैको भने अनौठो सम्योग पनि परेको छ । उनि असोज २२ गते आफ्नु जन्मदिन मनाउदै छिन भने उनका प्रेमी तिलकको जन्मदिन २० गते पर्छ । फिल्मिखबर सङ्ग उनले दुवैको जन्मदिन र दशै एकसाथ मनाउने योजना सुनाईन । अघिल्लो बर्ष त एक्लो थिए दशैमा यो बर्ष तिलक साथमा छ दशै गज्जबले मनाईन्छ , हासो गुन्जाउदै बिनिताले सुनाईन । काठमन्डौको सुनसान सडक, चङ्गा, पिङ अनि खसिको मासु उनलाई दशैको मनपर्ने पक्ष भएको सुनाउदै उनले दशैमा सबै कुरा मिस गर्ने बताईन ।
 
५. गौरव पहारी
कुभकरणको सुटिङको लागी रोल्पा ,प्युठान तिर व्यस्त रहेका अभिनेता गौरव पहारी दशैको टिकाको लागी मात्रै काठमन्डौ आउने तयारिमा रहेको बताए । दशै काठमन्डौ आएपछी गज्जबले नै लाग्छ, उनले फिल्मिखबर सङ्ग आफ्नु कुरा साटे । घरपरिवार अनि साथिभाई सँगको रमाईलो दशै काठमन्डौमा भन्दा बाहिर रहेर त कहाँ पाउन सकिन्छ र ?
 
६. सविन श्रेष्ठ
अभिनेता  सविन श्रेष्ठको यो बर्षको दशै 'हिरो रिटर्न्स' मय हुने भएको छ । तिहारको छेको पारेर फिल्मको टिजर सार्वजनिक गर्ने तयारिमा जुटेका सविनको यो बर्ष दशै बेङ्ककमा मनाउने तयारिमा छन । स-परिवार उतै दशै मनाउने तयारी गरेका छन सविनले  ।
 
७. आर्यन सिग्देल
अभिनेता आर्यन सिग्देलको दशै काठमाडौंमा नै बित्नेछ । परिवार सँग रहेर घरमै रमाईलो गरेर यो बर्षको दशै मनाउने आर्यनको तयारी रहेको छ । हरेक बर्ष म प्रायः काठमाडौंमै दशै मनाउने गर्छु र यो बर्ष पनि काठमन्डौ मै हुनेछु, आर्यनले फिल्मिखबर सङ्ग कुराकनी साटे ।
 
८. दिपकराज गिरी 
दिपकराज गिरी लाई यो बर्ष दशै भन्दा पनि 'छक्का पन्जा' बढी लागेको छ । फिल्मिखबर सङ्ग कुराकानी गर्दै उनले भने 'यो बर्ष भगवानको कृपाले दशै फिल्म हलमा नै बित्ला जस्तो छ ।' दर्शकसँग खुशी साट्दै दशै मनाउने तयारिमा छु । दशै काठमाडौं मै मनाउछु, टिका टालो सँगै हल मा दर्शक सँग फिल्म हेरेर दशै मनाउने तयारिमा छु । रमाईलो प्रसङ निकाल्दै दिपकले भने यसपाली त मदिरा पान र तास खेल्ने काम पनि दर्शक सङ्ग नै होला जस्तो छ ।
 
९. निशा अधिकारी 
अभिनेत्री निशा अधिकारिको दशै यसपाली राजधानिमा नै बित्नेछ । 'कुम्भकरण' को सुटिङमा व्यस्त रहेकी नायिका अधिकारी को लागी दशै बिषेस लाग्छ । किन दशै नै बिषेस भनेर बुझ्न खोज्दा फिल्मिखबर सङ्ग निशाले भनिन ' अरुबेला म सुटिङमा नै व्यस्त हुन्छु ,दशै नै यस्तो एउटा पर्व हो जहाँ म परिवार सङ्ग खुलेर समय बिताउन पाउछु ।' फिल्मको सुटिङ सकेर दशैको लागी काठमन्डौ आउन आफु आतुर रहेको समेत उनले बताईन ।
Most Visited News (monthly)