केहि महिना पहिले घोषणा गरिएको फिल्म 'हिटलर'को लागी हिरोईन फाईनल भएकी छिन् । लिड अभिनयमा रहने सोहित मानन्धरसँग जोडी बाँध्न समिया बर्तौला भेटिएकी हुन् ।

निर्देशक सौरभ ढकालले फिल्ममा समिया अनुबन्ध भएको पुष्टि गरे । उनका अनुसार समिया तय हुनु अघि नयाँ पुराना ९ जना अनुहारका बीच अडिसन लिईएको थियो । अन्ततः सबैलाई उछिन्दै समिया लिडमा आएकी हुन् ।
फिल्मका अन्य कलाकार तथा निर्माणको बारेमा थप जानकारी दशैं लगत्तै कार्यक्रम गरेर सार्वजननिक गरिने बताईएको छ । अष्टनारायण पिक्चर्सको ब्यानरमा फिल्म बन्न लागेको हो । यो बर्ष नै प्लोरमा जाने बताईएको छ ।

