बर्ष २०७३ को सफल फिल्म 'पशुपतिप्रसाद' युट्युवमा आएको छ । पाईरेसीको कारण यत्र तत्र पुगिसकेको फिल्म पाईरेसी भएको नै ४/५ महिनापछि मात्रै युट्युवमा आएको हो ।
पाईरेसीका कारण फिल्मलाई ईन्टरनेटमा प्रतिक्षा गर्नेको संख्या कम अनुमान लगाइएपनि रम्रो फिल्म हलमा हेर्न नपाएका दर्शकको चासो र पर्खाई कति छ त्यसको नतिजा केहि दिनपछिको युट्युव दर्शक संख्याले बोल्नेछ ।
फिल्मलाई दिपेन्द्र के खनालले निर्माण गरेका हुन् भने खगेन्द्र लामिछाने लिड अभिनयमा छन् । यहि फिल्म निर्माण टिमले दुई दिन पहिले मात्रै 'धनपति' नामको नयाँ प्रोजेक्ट घोषणा गरिसकेको छ ।

