नयाँ बर्षको आसपासको हप्ता नेपाली फिल्म उद्योगको लागी सधैं नै निकै फाप्ने समय हो ।आशा गरेका अनि ठुला ब्यानरका कम्तिमा दुई देखी पाँच फिल्मसम्म यो मितिमा भिड्नतलाई नै तयार हुन्छन् । राम्रा फिल्म चल्छन् पनि ।

यो बीचमा आउँदो बैशाख १ अर्थात नयाँ बर्ष २०७४ को लागी फिल्म प्रदर्शनको हानथाप सुरु भईसकेको छ । एक हप्ताको बीचमा मात्रै तीन फिल्मले रिलिज घोषणा गरेका छन् । झट्ट हेर्दा तीन फिल्म नै मेकिङ, स्टारकास्ट तथा कान्टेन्टको हिसाबले केहि संभावना बोकेका छन् ।
राष्ट्रिय पुरस्कार विजेता निर्देशक दिपेन्द्र के खनालको 'लभ लभ लभ'ले बैशाख १ रोजेसँगै त्यसको दुई दिनपछि नै निखिल उप्रेती स्टारर फिल्म 'राधे' पनि रिलिजको घोषणा भयो । यसको तेश्रो दिनमा नै अर्को घोषणा भयो कि दयाहाङ राई र केकी अधिकारी लिड रोलमा रहेको समिक्षक पत्रकार दिपेन्द्र लामाको डेब्यू निर्देशकिय फिल्म 'घामपानी' पनि सोहि मितिमा आउँदैछ ।
उल्लेखित तीन त तत्काल घोषित रिलिज फिल्म हुन तर अन्य केहि ब्यानरले पनि सोहि मितिमा फिल्म हाल्ने भन्ने चर्चा छ । त्यसैले पनि यी तीन फिल्म रिलिज पक्का हो भने अर्को फिल्म थपिँदा चार पक्षित भीडन्त पक्का हुनेछ ।
अर्को तर्फ सधैं नाई नभन्नु ल को नाममा विकासराज आचार्य र छबिराज ओझा अनि रेखा थापाका फिल्ममात्रै जस्तो आउँदा नयाँ बर्षलाई उनीहरुको पेवा भन्दै आरोप लगाउनेहरु लाई पनि जवaाफ पुगेको छ । यदि चमत्कार केहि भएन भने उल्लेखित कसैका पनि फिल्म यो बर्ष रिलिज हुने छैनन् ।

