बर्ष २०१६ मै प्रदर्शनमा प्रदर्शन भएको बलिउड स्टार शाहरुख खानको फिल्म 'फ्यान'को लाईफटाईम कलेक्शनलाई पछिल्लो हप्ता रिलिज 'एम एस धोनी, दि अनटोल्ड स्टोरी'ले उछिनेको छ । स्टार क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपिक फिल्मले प्रदर्शनको छैटौँ दिनमा नै 'फ्यान'को सम्पुर्ण कलेक्शनको रेकर्ड ब्रेक गर्यो ।

फिल्मले छ दिनमा आइपुग्दा ८८ करोड ६३ लाखको विजनेस गरिसकेको छ भने शाहरुखको फ्यानको लाईफटाईम कलेक्शन जम्मा ८५ करोड थियो, कोईमोई डटकमले लेखेको छ ।
यो सँगै शुक्रबारबाट दोश्रो हप्तामा प्रवेश गर्न लागेको फिल्मले दोश्रो विकेण्डमा नै १ सय करोडको विजनेस आँकडा पार गर्ने निश्चित देखिएको छ । फिल्मप्रति क्रिकेट प्रेमी तथा वलिउड सुभचिन्तकहरुको साथ उत्तिकै छ । निरज पाण्डेले निर्देशन गरेको फिल्ममा धोनीको भुमिकामा सुशान्त सिंग राजपुत अभिनयमा छन् ।

