अमेरिका भनेपछि धेरै नेपाली कलाकारहरु एक कदम अघि हुन्छन् । धेरै फिल्मकर्मीले सपनाको देश बनाए अमेरिकालाई कोहि केहि कार्यक्रम भन्दै गएर उतै बसे भने कोही अमेरिका उड्ने सपना देखिरहेका छन् ।
यो भिडमा कुनै कार्यक्रममा सहभागी भएर तथा आफन्त भेटेर भ्रमण गरेर नेपाल फर्किने कलाकारहरु पनि केहि छन् । हरेक हप्ता जस्तो काठमाडौं स्थित अमेरिकन एम्बेसीमा १० देखि १५ जना फिल्मकर्मीहरु भिषा आवेदनको लागी पुग्ने गरेको बताईन्छ । यो बीचका केहिलाई मात्र अमेरिकाले भ्रमण स्विकृति दिन्छ ।
राम्रै नाम चलेका कलाकारहरुलाई समेत अमेरिकाले प्रवेशाज्ञा अस्विकार गर्ने गरेको छ । यो भिडमा पछिल्लो पटक 'ठुल्दाई' उर्फ पुराना स्टार अभिनेता शिव श्रेष्ठ परेका छन् । अमेरिकामा हुन लागेको एक फिल्म फेस्टिभलमा सहभागी हुनको लागी भिषाको लागी आवेदन दिएका शिवलाई अमेरिकाले पत्याएन ।
उक्त फेस्टिभलमा सहभागी हुन २० बढि फिल्मकर्मीले भिषा आवेदन दिएका थिए भने राम्रै नाम चलेका केहिको भिषा नलागेपछि कतिले त अन्तर्वार्ताको लागी पाएको मितिमा पनि नजाने निर्णय गरेको निकट श्रोत बताउँछ । जसमा बरिष्ठ अभिनेता कृष्ण मल्ल र उनकी पत्नि अभिनेत्री शर्मिला मल्ललाई मात्रै अमेरिकाले प्रवेशाज्ञा स्विकृत गरेको छ ।

