बर्ष २०७३ को हिट फिल्म 'पशुपतिप्रसाद' निर्माण टिमले नयाँ प्रोजेक्ट बनाउने घोषणा गरेको छ । निर्माण कम्पनि टुकी आर्ट्स् को तर्फबाट सार्वजनिक प्रेस विज्ञप्तिमा दिपेन्द्र के खनालको निर्देशन रहने गरी 'धनपति' नाममा नयाँ फिल्म निर्माण गर्न लागेको जानकारी सार्वजनिक गरेको छ ।

सपना र अहंकारले मानिसलाई दिने गन्तव्य अनि त्यसकै कारण उसको जीवनमा आईपर्ने आरोह अवरोह नै फिल्मको मुख्य विषयवस्तु रहने बताईएको छ । फिल्मको कथा, पटकथा तथा संवाद खगेन्द्र लामिछानेले लेखेका छन् । फिल्ममा लिड अभिनयमा खगेन्द्र नै रहनेछन् भने अन्य कलाकार सार्वजनिक गरिएको छैन् ।

आउँदो माघ महिनामा छायाँकन सुरु गरिने फिल्मलाई अर्को बर्ष २०७४ मा प्रदर्शनमा ल्याईने बताईएको छ । फिल्मको निर्मातामा रोजिना सिटौला छन् भने सह निर्मातामा रजना नापित र समीर देवकोटा छन् ।
फिल्मको निर्माणमा टुकी आर्ट्ससँग निर्देशक खनालको दिपेन्द्र के खनाल प्रोडक्शन सहकार्यमा हुने बताईएको छ ।

