Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

बिहे चर्चाले 'किस्मत २' लाई के फाईदा, विजनेसमा देखिएला काईदा ?

फिल्मीखबर, काठमाडौं, 2016/10/05
यो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'किस्मत २' विषयवस्तुका कारण भन्दा पनि यसका निर्माता छबिराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको बिहे प्रसंगले चर्चामा छ । फिल्मको प्रचारसँगै विहेको प्रचारले फिल्मी माहोल राम्रै तातिरहेको छ । 
 
तर यो बीचमा प्रश्नहरु पनि उब्जेका छन् कि फिल्म रिलिजको छेकोमा व्यापक बनेको विहे चर्चाले 'किस्मत २' लाई के फाईदा ? यो विषयमा दुई पक्षित चर्चा अनि बहस चलिरहेको छ । 
 
सामाजिक सञ्जालमा पोखिएका कमेन्टहरुलाई नियाल्दा धेरैले छबि र शिल्पाको बिहेको कुरालाई खिल्ली उडाएका छन् । स्वस्थानी ब्रत कथाको  गोमा र शिव को विहेको प्रसंग जोडेर समेत छबि शिल्पाको बिहेमा जोक बनाईएको छ । जहाँका कमेन्टले फिल्मप्रति रिलिज अगाबै केहि नेगेटिभ प्रतिक्रिया पनि उब्जाईरहेको छ ।
 
तर अर्को तर्फबाट हेर्दा अनि बुझ्दा 'किस्मत २' को प्रचार प्रसारमा भईरहेको खर्चको बराबर प्रचार छबि शिल्पाको बिहेको कुराले भईरहेको छ । बिहेकै कारण 'किस्मत २' जहाँ जतै पुगेको छ, सायद नेपाली फिल्म हेर्ने अनि हेर्दै आएका सबै दर्शकसम्म यो फिल्मको रिलिज मिति अन्यौल छैन् ।
 
तर यो चर्चा अनि परिचर्चाले फिल्मको रिलिजपछि विजनेसमा अर्थ राख्छ या राख्दैन् त्यो सोचनिय विषय छ । आजको दुइ दिनपछि अर्था २१ असोजबाट पर्दामा आउँदै गरेको फिल्मप्रति दर्शक कति देखिन्छन् दशैंमा फिल्म हेर्ने दर्शकलाई किस्मत २ ले तान्छ तान्दैन् त्यो भणे हेर्न बाँकी छ ।
Most Visited News (monthly)