Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलिउड सिनेमा अवार्डको सातौं संस्करण घोषणा, विदेशमा हुने

फिल्मीखबर, काठमाडौं, 2016/10/05
छैटौँ संस्करण सम्म सफल रुपमा सम्पन्न हुँदा हुँदै कारणवस २०५८ सालपछि रोकिएको फिल्म अवार्ड 'कलिउड सिनेमा अवार्ड'को सातौं संस्करण अब आयोजना हुने भएको छ । पछिल्लो समय अवार्ड आयोजनामा सकृय मनोज केसीले यो अवार्डको आयोजना गर्नेछन् ।
 
पछिल्लो महिना मात्रै युएईमा म्युजिक भिडियो अवार्ड आयोजना गरिएको केसीको कम्पनि संगिक्षा फिल्मस् एण्ड ईण्टरटेन्मेन्टको तर्फबाट अवार्ड आयोजना हुनेछ । चलचित्र प्राविधिक संघ नेफ्टाको नेतृत्वमा रहँदा लगातार तीन पटक विदेशमा फिल्म अवार्ड गरेका केसीले कलिउड अवार्ड पनि विदेशमै हुने बताएका छन् । 
 
अवार्ड आयोजनाको घोषणासँगै फिल्म दर्ताको प्रक्रिया समेत सुरु भईसकेको केसीले बताए । केहि फरक र स्तरिय बनाउने उद्देश्यका साथ कलिउड अवार्ड घोषणा गरेको उनको भनाई छ । उनले विदेशमा हुने अवार्डमा अंग्रेजी मिति अनुसार यो बर्ष २०१६ सालभरी प्रदर्शनमा आएका सबै फिल्मलाई सहभागी गराउने बोलेका छन् । 
 
अवार्डमा समावेश हुने विधा तथा आयोजना हुने देश र स्थानसहित दशैं लगत्तै एक कार्यक्रम गरेर सार्वजनिक गरिने बताईएको छ ।
Most Visited News (monthly)