राजु अधिकारी निर्देशित फिल्म 'सुब्बा साब' रिलिजको छेकोमा छ । आउँदो शुक्रबारबाट रिलिज हुने फिल्मको प्रचार प्रसारमा अभिनेता सरोज खनाल, जीवन लुईंटेल, गौरी मल्ल लगायत कलाकारहरु प्रचारमा व्यस्त छन् ।

यो बीचमा निर्देशक अधिकारीले भने 'सुब्बा साब' रिलिजको हप्ता नै अर्को नयाँ प्रोजेक्ट घोषणा गरेका छन् । 'मेरो मिल्ने साथी' नाम सहित अधिकारीले मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्म घोषणा गरे ।
उक्त फिल्मको लागी कलाकार भने कोहि पनि सार्वजनिक गरिएको छैन् । नाम चलेको कलााकरहरु नै आफ्नो फिल्ममा अभिनयमा आउने निर्देशक अधिकारीले बताए । फिल्ममा हिरामणी न्यौपाने निर्माता छन् ।
शुभ सक्षम म्युजिक प्रालिको व्यानरमा बन्ने फिल्म २०७३ भित्रै छायाँकन हुने बताईएको छ भने अर्को बर्ष अर्था २०७४ मा रिलिज हुने बताईएको छ ।

