मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

जन्मदिनमा आफ्नो थरमा निशाले थपिन मल्ल !

फिल्मीखबर, काठमाडौं, 2016/10/04
आज असोज १८ गते, अभिनेत्री निशा अधिकारीको जन्मदिन । फ्लोरमा रहेको फिल्म 'कुम्भकरन'को सेटमा नै निशाले ३० औं जन्मदिन मनाउँदै छिन् । पश्चिम नेपालको प्यूठान जिल्लामा अहिले फिल्मको गीतको छायाँकन चलिरहेको छ । 
 
 
'कुम्भकरण' पश्चात फिल्म 'रोमियो'मा अनुबन्ध भएकी निशाले जन्मदिनमा आफ्नो नामको पछाडी मल्ल थर थप्दा धेरैलाई कौतुहलता बढेको छ । यो विषयमा निशा निकट पारिवारिक श्रोतलाई बुझ्दा उनले आफ्नो आमाको थर मल्ल भएको कारण जन्मदिने आमाको सम्मानमा निशा अधिकारीसँगै मल्ल पनि जोडेको बुझिएको छ । 
 
सामाजिक सञ्जाल फेसबुकमा निशाले मल्ल थप्दै 'निशा अधिकारी मल्ल' बनाएकी छन् । सगरमाथा चढेर किर्तिमानी अनि बहादुर अभिनेत्रीको छाप छाडेकी निशाले विश्वको सर्वाधिक उचाईमा पुग्नुलाई उच्च सफलता बताउँदै आएकी छिन् । 
 
फर्स्ट लभ डेब्यू अभिनेत्री कुशल अभिनय कलाकी धनि छिन् । कहिले प्रेम त कन्ट्रोभर्सीका कारण चर्चामा रहने यी अभिनेत्री मिडियामा प्रायः छाईरहनेको सुचीमा पर्छिन् । निशालाई फिल्मीखबरको तर्फबाट पनि जन्मदिनको सुभकामना ।