Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'गाजलु' निर्माता र निर्देशकबीच टिमअप दोश्रो प्रोजेक्ट घोषणा

फिल्मीखबर, काठमाडौं, 2016/10/03
युवा स्टार अनमोल केसी स्टारर बर्ष २०७३ को पहिलो सफल फिल्म 'गाजलु' निर्माता रोहित अधिकारी र निर्देशक हेमराज बिसीबीच पुनः टिमअप भएको छ । अधिकारी र बिसीसँगसँगै रहनेगरी दोश्रो प्रोजेक्ट पनि निर्माण हुने आधिकारिक पत्रमा सोमबार हस्ताक्षर भयो । 
 
 
निर्माता अधिकारीले आफ्नै निजी कम्पनि रोहित अधिकारी फिल्मस् को तर्फबाट ह्याप्पी प्लानेट फिल्मस् सँगको सहकार्यमा निर्माण गर्न लागेको अनटाईटल प्रोजेक्टको लागी हेमराज बिसी निर्देशनमा पुनः आएका हुन् । सोमबार सहमति पत्रमा निर्माण पक्ष र निर्देशक बिसीले हस्ताक्षर गरेका थिए । 
 
 
नयाँ प्रोजेक्टको ह्याप्पी प्लानेटको तर्फबाट दिपक खतिवडा र निर्देशक बिसीले सहकार्य पत्रमा हस्ताक्षर गरे ।  फिल्मको छायाँकन अर्को बर्ष २०७४ को सुरुवातसँगै हुने निर्माता अधिकारीले बताए । 
 
चर्चित स्टारकास्ट सहित लभस्टोरी ड्रामामा पुनः हामी एकसाथ आउँदै छौ, अधिकारीले भने, युवापुस्ता तथा पछिल्लो समय नेपाली फिल्मलाई माया गर्दै आउनुभएका नेपालमा रहने तथा विदेशमा रहँदै आउनु भएका दर्शक लक्षित स्टोरीको लागी हाम्रो सहमती भएको हो ।' नयाँ प्रोजेक्टको लागी हामीसँगसँगै रुपक थापा र थमन भण्डारी निर्माताको रुपमा सहकार्यमा आउनुभएको छ, उनले थपे । 
 
हेमराज २५ लाख महंगो पारिश्रमिकमा अधिकारी तथा को प्रोजेक्टमा निर्देशनमा स्टोरी सहित अनुबन्ध भएको बताईएको छ । फिल्मलाई २०१७ अर्थात नेपाली मिति अनुसार २०७४ को मध्य महिनातिर प्रदर्शनमा ल्याउने समेत निर्माण टिमले बताएको छ ।
 
पहिलो फिल्मबाट नै सफलताको स्वाद चाखेका युवा निर्माता अधिकारी आफैपनि फिल्म अध्ययनपछि निर्माणमा हानिएका व्याक्ती हुन् । ओस्कार फिल्म कलेजमानिर्देशन पढेका अधिकारीले सुरुवातमा केहि फिल्ममा लगानी सहित निर्माण पछि मात्रै माहोल बुझेर निर्देशनमा समेत हात हाल्ने बताउँछन् । 
 
अधिकारीको पहिलो फिल्म 'गाजलु'ले पुर्व मिस नेपाल सृष्टि श्रेष्ठलाई अभिनयमा ब्रेक दिएको थियो  । फिल्मलाई युवापुस्ताले राम्रै मन पराएका थिए ।
Most Visited News (monthly)