दुई दिन पहिले मात्रै नयाँ बर्ष २०७४ को छेकोमा बैशाख १ लाई प्रदर्शनको मिति तय गरेको फिल्म 'लभ लभ लभ' सोलो रिलिजको दाबी निर्माण टिमको थियो । निर्देशक दिपेन्द्र के खनालले एक्लै आउन लागेको बताएका थिए ।

तर पछिल्लो जानकारी अनुसार उक्त मितिमा अर्को फिल्मले पनि रिलिज सार्वजनिक गरेको छ । सुशिल पोखरेलको निर्माणमा हाल फ्लोरमा रहेको फिल्म 'राधे' ले यसअघि नै नयाँ बर्षलाई रिलिज रोजेको भन्दै त्यसको पुर्णतः पुष्टि निर्माण टिमले गरेको हो ।
निर्माता पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत पनि यो कुरा खुलाईसकेका छन् अनि दर्शकलाई कनफ्यूज नहुन भनेका छन् ।

निखिल उप्रेती र प्रियंका कार्की लिड अभिनयमा रहेको 'राधे' हाल छायाँकनमा छ । फिल्मलाई जगदिश्वर थापाले निर्देशन गर्दैछन् । स्टार पावर देखाउन सामर्थ्य राख्ने निखिल र कन्टेन बलियो बनाउनमा ध्यान राख्ने निर्देशक खनालको 'लभ लभ लभ' बीचको भिडन्त रोमाञ्चक हुनसक्छ ।

