'चिटिक्क देखिनु भएको छ, राम्री पनि उत्तिकै, तर तपाईं विवाहित मान्छे सिउँदोमा सिन्दुर छैन् नी ?' आइतबार राजधानीमा आयोजित फिल्म 'राधा'को ट्रेलर सार्वजनिक कार्यक्रममा पत्रकारबाट अभिनेत्री सञ्चिता लुईंटेललाई तेर्सिएको प्रश्न थियो यो ।
यसको जवाफ फर्काउँदै सञ्चिताले भनिन्, 'सिन्दुर नलगाउँदैमा सच्चा पत्नि हुन्न भन्ने छैन्', श्रीमान मेरो सिउँदोमा हैन्, मनमा हुनुहुन्छ मुटुमा हुनुहुन्छ ।' खाली सिउँदोमा कार्यक्रममा पुगेकी सञ्चिताले घुमाउरो पारामा दार्शनिक उत्तर दिईन् ।
अभिनेता निखिल उप्रेती पत्नि सञ्चिता केहि बर्षको कमव्याकपछि ठुलोपर्दामा लिड अभिनयमा 'राधा' मार्फत पुनरागमन गर्दै छिन् ।
कार्यक्रममा उनले सार्वजनिक गीतमा मोटो देखिएको भन्दै भईरहेको आलोचनाको पनि जवाफ दिँदै कथावस्तु सुहाउँदो पुर्वेली युवतीको भूमिकामा आफु रहेकोले पहिला फिल्म हेरेर मात्र कमेन्ट गरिदिन सबैाम आग्रह गरिन् ।

