कार्तिक १२ मा रिलिज हुने फिल्म 'राधा'को ट्रेलर रिलिज भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले ट्रेलर सार्वजनिक गर्यो भने यसअघि सार्वजनिक तीन गीत पनि ठुलोपर्दामा स्कृनिङ गरियो ।

सार्वजनिक ट्रेलर कमर्सियल बनाईएको छ। प्रेम, द्वन्द्व र रोदन ट्रेलरमा भेट्न सकिन्छ । पुर्वेली गाउँका युवा युवतीको प्रेमको कथा बोल्ने फिल्म विसुद्ध पारिवारिक बनेको निर्देशक योगेश घिमिरेले बताए ।
फिल्ममा राधाको भूमिकामा सञ्चिता छन् भने जीवनले रामको भुमिका निभाएको खुलाए । पौराणिक कथामा कृष्णकी राधा हुन्थिन् यहाँ रामकी बन्दैछिन् त्यसैले पौराणिक कहानीसँग फिल्मलाई तुलना नगर्नु कार्यक्रममा अभिनेता जीवनले भने, 'वर्तमानका नेपाली दर्शकले रोज्ने खोज्ने फिल्म 'राधा' बनेको छ ।
पछिल्लो समय जीवन लुईंटेल हरायो भन्नेहरुको लागी जवाफ भन्दै जीवनले बर्षमा एक दुई वटा मात्र फिल्म खेल्ने निर्णय लिएको र त्यसैको निरन्तरता पर्दामा कम आउनु रहेको भन्दै कहिँ नहराएको र फिल्म उद्योगबाट कहिल्यृ टाढा नहुने समेत बोले ।

