Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुबईमा खिचिएको बिनिताको 'उमंग कार्तिकमा

फिल्मीखबर, काठमाडौं, 2016/10/02
चपली गर्ल विनिता वराल स्टारर फिल्म ‘परदेशीको उमंग’कत्तिक १२ गतेबाट देश भर प्रदर्शनमा आउने भएको छ । लामो समय नृत्य निर्देशनमा सक्रय शिव शर्माले निर्देशन गरेको फिल्मको रिलिज तय भएसँगै प्रचारलाई सुरुवात गर्ने तयारीमा निर्माण टिम छ । 
 
 
अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको फिल्मको गीत संगीत उत्कृष्ट रहेको निर्माण टिमको दाबी छ । यहि अक्टुवर १५ बाट अष्ट्रेलियाको विभिन्न ठाँउमा समेत प्रदर्शन हुन लागेको फिल्ममा भारतीय गायक नाकाश अजिजको पाश्र्व गायन रहेकोछ । 
 
कुमार बिसीद्वारा निर्माण गरिएको यो फिल्ममा बिनिता बराल, कुमार बिसी, सीपी पौडेल, रामबाबु रेग्मी, शिव शर्मा, शिला श्रेष्ठ, रमेश पोखरेल, वसन्त अधिकारी लगायत कलाकारले अभिनय गरेका छन् । 
 
तिहारको पूर्व सन्ध्यामा प्रदर्शन हुने यो फिल्मको अधिकांश छायांकन दुबईमा गरिएको छ । परदेशमा रहनेहरुको पीडा उठान गर्नु नै फिल्मको मुख्य विषयवस्तु हो, निर्माण टिमको भनाई छ ।
Most Visited News (monthly)