Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पहिलो दिनको विजनेसमा नै शाहरुख र अक्षयलाई उछिन्दै 'एम एस धोनी' को रेकर्ड

एजेन्सी, मुम्बई, 2016/10/02
शुक्रबारबाट प्रदर्शनमा आएको वलिउड फिल्म 'एम एस धोनी दि अन्टोल्ड स्टोरी'ले सुरुवाती विजनेसमा नै रेकर्ड कायम गरेको छ । फिल्मले बर्ष २०१६ मा रिलिज फिल्ममा दोश्रो नम्बरको उत्कृष्ट ओपनिङ विजनेस गरेको छ ।
 
 
सलमान खानको सुल्तानले ३६ करोड ५४ लाखको ओपनिङ गरेकोमा यो फिल्मले २१ करोड ३० लाखको ओपनिङ विजनेस गर्यो । यो विजनेस यहि बर्ष रिलिज शाहरुख खानको 'फ्यान' र अक्षयकुमारका सबैजसो फिल्मको विजनेस रेकर्ड तोड्न सफल भयो । 
 
फ्यानले जम्मा १९ करोड २० लाखको ओपनिङ गरेको थियो भने अक्षयको हाउसफुल ३ ले १५ करोड २१ लाखको विजनेस गरेको थियो । उलिवड पण्डितहरुले फिल्मले सय करोड बढि विजनेस गर्ने दावा गरिसकेका छन् । 
 
उता क्रिकेटर महेन्द्र सिंह धोनीको वायोपिकमा धोनी बनेका अभिनेता शुसान्तसिंह राजपुतको लागी पनि करियरकै उत्कृष्ट ओपनिङ यो फिल्मले रचेको छ ।
 
(तश्विरः कोइमोइ डटकमबाट)
Most Visited News (monthly)