Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पशुपतिप्रसाद निर्देशकको 'लभ लभ लभ' रिलिज मिति घोषणा

फिल्मीखबर, काठमाडौं, 2016/10/02
हिट फिल्म 'पशुपतिप्रसाद' निर्देशक दिपेन्द्र के खनालको नयाँ प्रोजेक्ट 'लभ लभ लभ' को आधिकारिक रिलिज मिति घोषणा भएएको छ । फिल्म बर्ष २०७४ को पहिलो दिन अर्थात आउँदो बैशाख १ गते रिलिज हुनेछ । 
 
राष्ट्रिय पुरस्कार विजेता निर्देशक खनालको फिल्मको छायाँकन सकिएसँगै अहिले पोष्ट प्रोडक्शनको काम चलिरहेको बताईएको छ ।
 
नयाँ बर्षमा फिल्म ल्याउन उपयुक्त देखिएकोले अनि फिल्मको सम्पुर्ण काम पनि बिना हतार सकिने भएकोले उक्त मिति रोजिएको निर्देशक खनालले बताए ।
 
'लभ लभ लभ'मा स्वस्तिमा खड्का, सुरज पाण्डे, रमेश वुढाथोकी, देशभक्त खनाल, रुपा राना, ए गुरुङ, आयन खड्का लगायत अभिनयमा छन् ।
 
प्रेम कथा बोल्ने फिल्मलाई निरज कंडेलले खिचेका छन् । फिल्मको कथा पनि निर्देशक खनालको नै हो ।
Most Visited News (monthly)