Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'किस्मत २' सँग भिड्न तयार छौँः 'सुब्बा साब' निर्देशक (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/09/28
राजु अधिकारी निर्देशित फिल्म 'सुब्बा साब' असोज २१ बाट प्रदर्शनको तयारीमा छ । सोहि मितिमा छबिराज ओझाको 'किस्मत २' प्रदर्शनको तयारी हुँदै गर्दा निर्देशक अधिकारी भने आफु कसैसँग प्रतिस्पर्धाको लागी नआएको भन्दै दुई फिल्मको रिलिजलाई प्रतिस्पर्धा ठान्दैनन् । 
 
 
एक फिल्मले सोलो रिलजि पाउँदा दर्शकको मन जित्ने नजित्ने जे पनि हुनसक्छ, दुई फिल्म आउँदा दर्शकले रोजेर फिल्म हेर्न पाउँछन्, फिल्मीखबरसँगको कुराकानीमा अधिकारीले भने ।
 
यस्तै उनले आफु जुनकुनै फिल्मसँग पनि भिड्दा नडराएको भन्दै घुमाउरो पारामा 'किस्मत २'सँग नडराएको बोले । आफ्नो फिल्म पुर्णतः हिसाबले बलियो रहेको उनको दाबी थियो ।
 
फिल्ममा सरोज खनाल, जीवन लुइटेल, बर्षा शिवाकोटी लगायतका कलाकार अभिनयमा छन् । प्रचार प्रसारमा अभिनेता सरोज खनाल र जीवन लुईंटेल दौडिरहँदा अभिनेत्री किन छैनन् भन्ने प्रश्नमा भने उनले आफ्नो फिल्म प्रचारमा हिड्नु कलाकारको दायित्व बोल्दै नहिँड्दा पनि घाटा नहुने दाबी गरे ।
Most Visited News (monthly)