राजु अधिकारी निर्देशित फिल्म 'सुब्बा साब' असोज २१ बाट प्रदर्शनको तयारीमा छ । सोहि मितिमा छबिराज ओझाको 'किस्मत २' प्रदर्शनको तयारी हुँदै गर्दा निर्देशक अधिकारी भने आफु कसैसँग प्रतिस्पर्धाको लागी नआएको भन्दै दुई फिल्मको रिलिजलाई प्रतिस्पर्धा ठान्दैनन् ।
एक फिल्मले सोलो रिलजि पाउँदा दर्शकको मन जित्ने नजित्ने जे पनि हुनसक्छ, दुई फिल्म आउँदा दर्शकले रोजेर फिल्म हेर्न पाउँछन्, फिल्मीखबरसँगको कुराकानीमा अधिकारीले भने ।
यस्तै उनले आफु जुनकुनै फिल्मसँग पनि भिड्दा नडराएको भन्दै घुमाउरो पारामा 'किस्मत २'सँग नडराएको बोले । आफ्नो फिल्म पुर्णतः हिसाबले बलियो रहेको उनको दाबी थियो ।
फिल्ममा सरोज खनाल, जीवन लुइटेल, बर्षा शिवाकोटी लगायतका कलाकार अभिनयमा छन् । प्रचार प्रसारमा अभिनेता सरोज खनाल र जीवन लुईंटेल दौडिरहँदा अभिनेत्री किन छैनन् भन्ने प्रश्नमा भने उनले आफ्नो फिल्म प्रचारमा हिड्नु कलाकारको दायित्व बोल्दै नहिँड्दा पनि घाटा नहुने दाबी गरे ।