गत शुक्रबारबाट फिल्म 'झूम्की' प्रदर्शनमा आयो । यसअघि भदौ २४ रिलिज 'छक्का पञ्जा'ले तेश्रो हप्ताम्म पनि कायमै राखेको होल्ड ओभरका बीच फिल्म प्रदर्शनमा आउँदा त्यसको असर 'झूम्की'लाई राम्रै पर्यो । राजधानीमा मल्टिप्लेक्स र सिंगल स्कृनमा केहि अबसर पाएपनि मोफसलमा भने फिल्मले खासै हल पाउन सकेन् ।
यो बीचमा फिल्म प्रदर्शनको केहि दिनपछि भेटिएका निर्देशक अपिल विष्ट भने खुसी नै देखिन्थे । फिल्मीखबरसँगको कुराकानीमा निर्देशक विष्टले बोले, 'दर्शकले जति साथ दिए, जतिमाया पाएँ त्यसैमा सन्तुष्ट छु ।' रिलिजको दिन शुक्रबार र शनिबारको राजधानीको विजनेसबाट सन्तुष्ट बोलेका अपिलले अबको शुक्रबाटबाट मात्रै मोफसलका धेरै हलमा फिल्म लाग्न लागेको बताए ।
नेपाल प्रदर्शनसँगै विदेशमा 'झूम्की' लाग्दैछ, विदेशी दर्शकमाझ कलाकार सहित आफै पनि पुग्दैछु अपिलले भने, 'दर्शक तथा क्रिटिक्सबाट पाएको सबै प्रतिक्रिया स्विाकर गरेको छु, राम्रो भन्ने धेरै हुनुन्छ, गल्ति देख्दै सच्याउन सुझाव दिनेको कुरा पनि मनन गरेको छु ।'
अपिलले अबको प्रोजेक्ट 'आर्ट मुभी' भन्दै दशैँपछि त्यसको तयारीमा जुट्न लागेको समेत खुलाए ।
दयाहाङ राई, मलिना जोशी, रिष्मा गुरुङ, मनोज आरसी, विजय बराल स्टारर फिल्मले प्रिमियरमा जस्तो प्रतिक्रिया पायो सोहि अनुसारकै प्रतिक्रिया दर्शकबाट पनि पाएको थियो । फिल्मलाई गोविन्द शाहीले वितरणको जिम्मा लिएका छन् ।
(तश्विरमा अभिनेत्री मलिना जोशीसँग निर्देशक अपिल विष्ट)

