चैत्र १८ लाई प्रदर्शन मिति तय गर्दै प्रचार थालनी गरेको फिल्म 'लालटिन'को सबै श्रव्य गीत रिलिज भएका छन् । युट्युवमा सार्वजनिक अडियो जुकवक्समा फिल्ममा समावेश पाँच वटा गीत सुन्न सकिन्छ ।
सार्वजनिक गीतहरुमा स्वर आस्था राउत, सोमिया बराईली, विनोद ढकाल, किरण माईकल र वोनी श्रेष्ठको छ । केहि पार्टी गीत त रोमान्टिकसँगै सार्वजनिक भएका वियोगान्त गीत कर्णप्रिय छन् । युवापुस्ताको मन मस्तिष्कमा बस्ने शब्द तथा संगीत लोकप्रिय हुने आशा निर्माण टिमले लिएको छ ।
एम सन्स पिक्चर्सको व्यानरमा भानुप्रताप प्रस्तुतपर्ता रहेको फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, राज कटुवाल, केकी अधिकारी, अर्जुनजंग शाही, मेलिना मानन्धर, भानुप्रताप जनक बर्तौला, रिया श्रेष्ठ लगायतको अभिनय छ ।