मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

जीन्दगी बिताउन सहयात्री चाहिन्छ, मेरो मनले शिल्पा खोज्यो : निर्माता ओझा (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/09/25
निर्माता छबिराज ओझाको असोज २१ मा रिलिज हुने फिल्म 'किस्मत २' को जति चर्चा छ त्यो भन्दा बढि पछिल्लो समय विहेको वर्चाले उनि लाईमलाईटमा छन् । अभिनेत्री शिल्पा पोखरेलसँग विहे गर्न लागेको भन्ने हल्लाले मिडियामा राम्रै स्थान पाईरहेको छ । 
 
 
रेखा थापासँगको सम्बन्धमा पुर्णविराम लागेपछि उनले अभिनेत्रीको रुपमा फिल्म उद्योगमा ल्याएकी शिल्पासँग छबिले विहे गर्न लागेको र फिल्म रिलिजसँगै बिहे गर्ने मनस्थिती बनाएका जस्ता खबरले फिल्म क्षेत्र तातिरहेको छ । 
 
यहि र यस्तै विषयमा गरिएको कुराकानीमा फिल्मीखबरसँग छबिले हरेक मानिसलाई जीवन गुजार्न लाई सहयात्री आवस्यक रहने त्यसको निरन्तरता स्वरुप शिल्पासँग लगनगाँठो कस्न लागेको दाबी गरे । 
 
तपाईंसँग विहेपछि सम्बन्ध नटिकेका उदाहरण छन् नी भन्ने प्रश्नमा उनले भने, 'म खुल्ला किताब, मलाई जस्ले जती चाहन्छ उति पढ्न सक्छ, मलाई पुरै पढ्ने वा आधा पढेर छाड्ने त्यो पढ्ने मान्छेमा निर्भर रहन्छ ।'
 
छबिराज ओझासँगको रमाईलो कुराकानी माथी चल्लेखित भिडियोमा हेर्नुहोस ।