Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

५० बर्ष पुरानो कथामा 'पञ्चायत' बन्दै, पश्चिम नेपालमा छायाँकन सुरु

फिल्मीखबर, काठमाडौं, 2016/09/25
 
५० बर्ष पुरानो कथामा फिल्म 'पञ्चायत' बन्ने भएको छ । लेखक निर्देशक शिवम अधिकारीको एक्शन कटमा बन्ने फिल्मको पश्चिम नेपालको पर्वत र वाग्लुङ जिल्लामा छायाँकन समेत सुरु भएको छ । 
 
बाग्लुङको कालिका मन्दिरमा फिल्मको शनिबार फिल्मको मुहर्तसँगै छायाँकन प्रारम्भ गरियो । फिल्ममा सरोज  सरोज खनाल , निता ढुङ्गाना, रुपा राना , गिता अधिकारी, गणेश गिरि, जाहान्वी  बस्नेत,सुचित्रा उप्रेती ,प्रकृति ढुङेल, विशाल पहारी ,किरण थापा,अश्विनी कोइराला ,मुना वन लगायतको अभिनय रहने बताईएको छ । 
 
टंक बुढाथोकीको संगीत रहने फिल्मलाई  रामेश्वर कार्कीले खिच्दैछन् भने फिल्मका प्रस्तुतकर्ता गणेश गिरी छन् । रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा सुशान्त श्रेष्ठ  र शंकर सुवेदी रहेका छन् । फिल्ममा रामजी लामिछानेको नृत्य समावेश हुनेछ ।
Most Visited News (monthly)