५० बर्ष पुरानो कथामा फिल्म 'पञ्चायत' बन्ने भएको छ । लेखक निर्देशक शिवम अधिकारीको एक्शन कटमा बन्ने फिल्मको पश्चिम नेपालको पर्वत र वाग्लुङ जिल्लामा छायाँकन समेत सुरु भएको छ ।
बाग्लुङको कालिका मन्दिरमा फिल्मको शनिबार फिल्मको मुहर्तसँगै छायाँकन प्रारम्भ गरियो । फिल्ममा सरोज सरोज खनाल , निता ढुङ्गाना, रुपा राना , गिता अधिकारी, गणेश गिरि, जाहान्वी बस्नेत,सुचित्रा उप्रेती ,प्रकृति ढुङेल, विशाल पहारी ,किरण थापा,अश्विनी कोइराला ,मुना वन लगायतको अभिनय रहने बताईएको छ ।
टंक बुढाथोकीको संगीत रहने फिल्मलाई रामेश्वर कार्कीले खिच्दैछन् भने फिल्मका प्रस्तुतकर्ता गणेश गिरी छन् । रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा सुशान्त श्रेष्ठ र शंकर सुवेदी रहेका छन् । फिल्ममा रामजी लामिछानेको नृत्य समावेश हुनेछ ।