मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पत्रकार साँची राखेर टाउको जुधाउँदै हाकुकाले र हरियाले लगाए मित !

फिल्मीखबर, काठमाडौं, 2016/09/23
 
नेपाली समाजको प्रचलन अनुसार साथीसाथी बीचको सम्बन्ध थप बलियो बनाउने अनि नजिक बनाउने हेतुले मित लगाउने गरिन्छ । विशेषतः दुई फरक समुदायका युवा युवाबीच संस्कृति आदानप्रदान अनि बुझाईलाई सहयोग पुगोस् भन्ने हेतुले मित लगाईन्छ ।
 
 
 शुक्रबार पनि यस्तै भयो भयो अभिनेता सौगात मल्ल 'हाकुकाले' र कामेश्वर चौसारिया (हरिया) ले एक आपसमा सम्बन्धलाई थप प्रगाढ बनाउन मित लगाउन दुई फरक समुदायको प्रतिनिधित्व गर्ने भन्दै मित लगाए । सौगातले मधेशी समुदायको र कामेश्वरले पहाडिया समुदायको भन्दै मित लगाएका हुन् । 
 
 
सञ्चारकर्मी तथा वरिष्ट कलाकार हरिहर शर्मा साँची बसेर उनिहरुले लगाएको मित भने वास्तविक थिएन् । मिडियाको क्यामेरा अघि शुक्रबार नै घोषणा गरिएको फिल्म 'लालपुर्जा'को लागी आवश्यक पर्ने अभिनयको रिहर्सल जस्तै गरेर यी दुई मित-मित बनेका थिए । 
 
 
एक अर्काले माला साटासाट गर्दा, टाउको जुधाउँदा अनि अंकमाल गर्दा छेउमा बसेका निर्माता माधव वाग्ले मुसुमुसु हाँस्दै फिल्मभित्र समावेश हुने दृश्यलाई पहिले नै बाहिर ल्याउँदै यो प्रकारको काम गरेको बताउँदै थिए । 
 
सौगात र कामेश्वरसँगै विपिन कार्की, मेनका प्रधान, मिरुना मगर, हरिहर शर्मा लगायत लिड अभिनयमा रहने फिल्मलाई निगम श्रेष्ठले निर्देशन गर्दैछन् ।फिल्म केहि दिनपछि नै प्लोरमा जानेछ ।