मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छड्के निर्देशक र निर्माताबीच टिमअप, 'लालपुर्जा' घोषणा

फिल्मीखबर, काठमाडौं, 2016/09/23
 
छड्के फिल्म निर्माता माधव वाग्ले र निर्देशक निगम श्रेष्ठबीच पुनः टिमअप भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच नयाँ प्रोजेक्ट 'लालपुर्जा' घोषणा गरियो । 
 
 
फिल्ममा मुख्य अभिनेतामा पनि 'हाकुकाले' उर्फ सौगात मल्ल नै आएका छन् भने उनको साथमा लिड अभिनयमा रेशम फिलिली फिल्मका हरिया उर्फ कामेश्वर चौरासिया रहनेछन् । 
 
 
यस्तै मेनका प्रधान, विपिन कार्की, हरिहर शर्मा लगायत अभिनयमा रहन लागेको फिल्म 'लालपुर्जा'ले मिरुना मगरलाई नव अभिनेत्रीको रुपमा नेपाली रजतपटमा ल्याउने भएको छ । 
 
 
कार्यक्रममा बोल्दै निर्माता माधव वाग्लेले निर्देशक निगमसँगको लामो सल्लाह र छललपछि अन्ततः प्रोजेक्टलाई सुरु गर्ने गरी 'लालपुर्जा' घोषणा गरेको बताए । लमजुङको एक गाउँमा सम्पुर्ण छायाँकन सकाईने फिल्मले पहाडिया र मधैशी दुई मुलका पात्रको कथा बोल्नेछ । जग्गा धनीपत्र को रुपमा परिचित लालपुर्जा शब्द रहेकोले फिल्म पनि यसैको सेरोफेरोमा घुम्ने निर्माण टिमले बताएको छ । 
 
 
नरेन्द्र मैनालीले खिच्ने फिल्मको कथा विक्रम सिंह र निर्देशक निगमको हो भने पटकथा सुदिप बिडारीको छ । यस्तै माधव वाग्लेले टेकेन खड्कासँग निर्माणमा साझेदारी गरेको फिल्म प्रिन्सेज मुभिज, नेगेटिभ वुद्ध र टेकेन खड्का प्रोडक्शनको व्यानरमा तयार हुनेछ । 
 
असोज १० बाट फ्लोरम जाने भनिएको फिल्मलाई नयाँ बर्षको छेकोमा २०७४ को वैशाखमा रिलिज गरिने समेत घोषणा गरिएको छ ।