मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सत्यदीप’ हिरोईन पब्लिसिटीबाट आउट !

फिल्मीखबर, काठमाडौं, 2016/09/23
चलचित्र प्रदर्शनको समयमा प्रचार प्रसारका लागि निर्माण युनिटलाई कलाकारको साथ चाहिन्छ । तर पछिल्लो समय प्रदर्शनमा आएका र आउन लागेका केही चलचित्रलाई कलाकारले साथ नदिएका समाचारहरु मिडियामा छाउने गरेका छन् ।
 
 
निमार्ण समयमा हरेक समय साथ दिने बचन सहित चलचित्र आफ्नो पोल्टामा पारे पनि प्रचार प्रचारको समयमा बिभिन्न बहानामा कलाकारहरु भाग्ने गरेका छन् । जसका कारण निर्माण युनिटले त्यस्ता कलाकारलाई चलचित्र प्रचार प्रसार भन्दा बाहिर राख्ने गरेको देख्न सकिन्छ । अक्सर यो समस्या नव कलाकारमा देखिएको छ ।
 
यस्तै प्रचार प्रसारमा साथ नदिएको भन्दै १४ असोजमा प्रदर्शनमा आउने चलचित्र ‘सत्यदीप’ले अभिनेत्री सविना केसीलाई प्रचार प्रसार भन्दा बाहिर राख्ने निर्णय गरेको छ । फुर्सद हुँदा हुँदै प्रचार प्रसारमा निर्माण युनिटलाई साथ नदिएको भन्दौ केसीलाई प्रचार प्रसार भन्दा बाहिर राख्ने निर्णय गरेको हो ।
 
‘पटक पटक खबर गर्दा पनि आउँछु भन्ने, कुराउने तर नआउने गरेको कारण सबिनालाई मिडिया पब्लिसिटबाट बाहिर राख्ने निर्णय गरेका हो’ निर्माता बिनय राम श्रेष्ठले भने ‘यो मेरो मात्र होइन ,पुरै युनिटको निणर्य हो ।’ 
 
चलचित्र खेल्ने बेलामा पछि लाग्ने अहिले चलचित्रलाई आवश्यक पर्दा बिभिन्न बहाना बनाउनेलाई कारबाहि गर्नै पर्ने उनको भनाई रहेको छ । चलचित्र ‘सत्यदीप’बिनयराम श्रेष्ठको निर्माण र पुष्कर घिमिरेको डेब्यु निर्देशन रहेको चलचित्र हो ।