मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

प्रचारमा नदेखिएकी मलिनाले 'झुम्की' प्रिमियरमा आफ्नो बचाउ यसरी गरिन् (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/09/23
'झुम्की' फिल्मकी एक अभिनेत्री मलिना जोशी प्रचारमा नहिँड्दा निर्देशक निर्मातासँग सम्बन्ध चिसिएको चर्चा चल्यो । टिजर र पहिलो पोस्टरमा समेत उनि नअटाउँदा मनमुटावको चर्चा पहिले नै थियो भने प्रचारमा नहिड्नुलाई त्यसले अझै बल थप्यो । 
 
 
तर बिहिबार सम्पन्न प्रिमियरमा भने मलिना देखिईन् । मलिनाकै लागी पर्खिए जसरी निै ढिला कार्यक्रममा आएकी मलिनासँग फिल्मीखबरले गरेको संवादमा उनि पन्छिन् खोजिन् । प्रचारमा हिड्नुभएन नी किन हो भन्ने प्रश्नमा उनले आफुलाई बचाउ गर्दै विदेशको कार्यक्रम ता अर्को फिल्मको छायाँकनको कारण हिड्न नपाएको तर्क गरिन् । 
 
तर बाहिर खोल्न नचाहे पनि निर्देशक अपिल बिष्टको अनुहारले मलिना र अर्की अभिनेत्री रिष्मा गुरुङ पनि प्रचारमा खासै नहिँडेकोमा केहि रिस  देखिन्थ्यो । फिल्म शुक्रबारबाट प्रदर्शनमा आएको छ यसै सेरोफेरोमा फिल्मीखबरले गरेको कुराकानी माथीको भिडियोमा हेर्नुहोस ।