मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.00/5.00)
Text size:-
+
-

नाजिरलाई पाईलट बनाउँदा यसरी चिप्लिए सुरज

फिल्मीखबर, काठमाडौं, 2016/09/22
फिल्म भित्रको कुनै एक प्लटलाई, पात्रलाई जीवन्तता दिने न्याय गर्न माहिर अभिनेता हुन नाजिर हुसैन् । उनले एक हप्ता पहिले सम्म रिलिज भएका सबैजसो फिल्मबाट राम्रै तारिफ पाए । चाहे चल्दा होस् या नचल्दा । 
 
 
तर पछिल्लो समय आलोचना पनि खेप्न बाध्य बनायो उनकै लिड अभिनय रहेको फिल्म 'गाँठो'ले । धेरेले भन्थे आरोप लगाउँथे, 'नाजिर हुसैन पात्रलाई न्याय गर्नमा फिट छन्, पुरा फिल्म हाँक्नमा होईन् ।' तर यो कुरालाई धकेल्दै लिड अभिनयमा 'गाँठो'को पाईलट नै नाजिरलाई बनाएर पर्दामा आएका निर्देशक निर्माता सुरज भुषाल अन्ततः असफल भए । 
 
फिल्मले समिक्षा राम्रो त भेटेन नै विजनेसमा झनै हावा खायो । दर्शकले पत्याएनन् या फिल्म प्रचारमा मुखमा सुपाडी हाले झैं गरेको निर्माण टिमले कथावस्तु दर्शकलाई बुझाउन सकेन् त्यो उनिहरुले नै विशेषतः निर्देशक भुषालले जान्ने कुरा हो । 
 
नाजिर हुसैनलाई मुख्यतः लिड जिम्मेबारी दिईनु मात्र होईन निर्देशकले रोजेको कथावस्तु नै नेपाली दर्शकले चाख नदिने परेको समिक्षकहरु बताउँछन् । त्यस्तै नाजिरसँगै यो फिल्मले अभय  बराल र नव अभिनेत्री नम्रता श्रेष्ठको करियरमा पनि धक्का दिएको छ । 
 
एउटा नम्रता फिल्म उद्योगमा खम्बा बनिरहँदा आएकी अर्की नम्रतालाई सुरुमै दाँतमा ढुङ्गा लाग्दा भोलीको दिनमा पुनः सुरुवाती स्ट्रगल आवश्यक देखिएको छ भने अर्को कुरा नाम एकै पर्दा जुध्दा पनि नेपाली दर्शक झुक्किने खालका छैनन् है भन्ने पनि प्रष्टिएको छ ।