मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

टिजरमा यस्तो छ एनिमेशन फिल्म 'दि फेमस' (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/09/22
सञ्चारकर्मी समेत रहेका समिर बलामीले निर्देशन गरेको फिल्म 'दि फेमस'को टिजर सार्वजनिक गरिएको छ । कार्तिक १२ लाई प्रदर्शनमो मिति तय गरेसँगै केहि हप्ता पहिले गीत तथा पोस्टर सार्वजनिक गरेको फिल्म निर्माण टिमले बिहिबार टिजर सार्वजनिक गरेको हो । 
 
 
सार्वजनिक ३५ सेकेण्ड मात्रै लामो टिजरमा प्रेम र रोदनलाई प्राथमिकता दिईएको छ । किशोर किशोरीहरु बीचको त्रिकोणात्मक प्रेम कथा फिल्मको मुख्य विषयवस्तु रहेको निर्देशक बलामी बताउँछन् ।
 
फिल्ममा सुरबी जैनबिष्ट, सविना कार्की, प्रमोद खड्का, सोनिया जिआर, सुमन थापा लगायत अभिनयमा छन् । बलामी ईन्टरटेन्मेन्टको व्यानरमा बनेको फिल्ममा बाबु बलामीको द्वन्द्व छ भने अशोक कार्कीले क्यामेरा चलाएका छन् ।