मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`अरूले छोडेको हात मैले समात्न नमिल्ने ?` : शिल्पा पोखरेल (बिशेष अर्न्तवार्ता)

फिल्मीखबर, काठमाण्डौ, 2016/09/22
निर्माता छबिराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको बिहे हुने हल्लाले मिडियामा निकै स्थान पाएको छ । फिल्म क्षेत्रको अहिलेको सबैभन्दा चर्चाको त तातो खबर पनि यही नै होला सायद । 
 
फिल्म चल्ने बेला गसिप बनाउन माहिर मानिने छबिले शिल्पासँग बिहे गर्नै लागेका हुन् या फिल्म चलाऊने शुत्र ? अभिनेत्री पोखरेलले परिवारको सहमतिमा बिहे गर्ने बताईन् । छबिसँगको १२ बर्षको सम्बन्धलाई पूर्णबिराम लगाएकी रेखाप्रति इंकित गर्दै शिल्पाले भनिन्, 'अरूले छोडेको हात मैले समात्न नमिल्ने ?' 
 
उमेरले बिहे गर्न नरोक्ने बताउने शिल्पाले छबिसँग बिहे गर्न लागेकै हुन् त ? के देखेर बिहे गर्ने योजना बुनेकी छिन् ? सम्बन्ध टिकाउने शिल्पाले के-के योजना बनाएकी छिन् त ? कतै यो बिहे पनि रेखासँगको जस्तै त हुने हैन ? यि यस्तै प्रश्नको उत्तर शिल्पाले दिएकी छिन् । फिल्मीखबरकर्मी मदन रिजालले शिल्पासँग गरेको बिशेष अर्न्तवार्ता हेर्नुस्।