मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आफ्नो बारेमा बढ्याईं चढ्याईं लेख्न महिला निर्देशकबाट पत्रकारलाई धम्की !

मदन रिजाल, काठमाडौं, 2016/09/21
बुधवार राजधानिमा आयोजित एक फिल्मी कार्यक्रममा फिल्म निर्देशक लछु गौतम निकै आक्रोशित देखिन्थिन । सायद फिल्मको प्रमोशनमा फिल्मका नायक नायिकाको अनुपस्थिती उनको आक्रोशको कारण हुन सक्छ । उनले कलाकारले फिल्म प्रमोशनमा सहयोग नगर्ने बिषयमा त आक्रोश पोखिन नै तर उनले पत्रकारलाई समेत आरोप लगाउँन छाडिनन् ।
 
 
बुधवार राजधानिमा आयोजित फिल्म 'तँ म र ऊ'  को रिलिज मिती तय  तथा प्रोमो रिलिज कार्यक्रममा उनले पत्रकारको बारेमा अलिक रुठो भएर नै बोलिन । उनले भनिन्,'पत्रकारलाई हामी फिल्म निर्माता, निर्देशकले पालेका छौ,हरेक पत्रकारले यो कुरा बुझ्न जरुरी भएको र सोही अनुसार प्रमोशनमा सहयोग गर्नुपर्छ्' । 
 
आफ्नो बारेमा बढ्याईं चढ्यई गरेर समाचार बनाईदिनु पर्ने आशय उनका शब्द शब्दमा भेटिन्थ्यो । निकै आक्रोशित बनेकी उनले आफुलाई महिला निर्देशक भन्दा पनि फिल्म निर्देशकको रुपमा परिभाषित गर्ने समेत अनुरोध गरेकी थिईन । जो कोही पनि आफ्नो क्षमताको कारणले सफल हुने गर्दछ न कि महिला पुरुष भएर निर्देशक गौतमको तर्क थियो ।
 
कलाकारले फिल्म प्रमोशनमा सहयोग नगरेको आक्रोशमा पत्रकारमाथी नै आरोप लगाउनु कती सम्म जायज हुन्थ्यो त्यस बारेमा सायद निर्देशक गौतमले बुझ्ने प्रयास गरे राम्रो हुन्थ्यो कि ?