मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

आफ्नै कार्यक्रममा नआउँदा कहाँ थिए नीता र आमेश ?

फिल्मीखबर, काठमाडौं, 2016/09/21
फिल्म कलाकारको कारण तयार हुन्छ । मुख्य मेरुदण्ड कलााकर नै हुन्छन् । तर सम्बन्धित फिल्मको प्रचारमा आफ्नै कलाकार आएनन् भने निर्माण युनिटलाई कस्तो होला ? यस्तै भएको छ फिल्म 'तँ म र उ' युनिटलाई । 
 
बुधबार राजधानीमा प्रदर्शन मिति घोषणा गर्न तथा प्रचार सामग्री सार्वजनिक गर्न फिल्म युनिटले पत्रकार सम्मेलन आयोजना गरेको थियो । जहाँ लिड कलााकर आमेश भण्डारी र नीता ढुङ्गाना नै अनुपस्थित रहे । अनि निर्देशक लक्षु गौतमले दुबैलाई लक्षित गरेर आक्रोश पोखिन् । 
 
'फिल्म खेलिसकेपछि तय्सको प्रमोशनमा हिँड्नु कलाकारको दायित्व हो, आफ्नो फिल्मलाई समय नदिनु कार्यक्रममा नआउनु कति जायज हो तपाईहरु नै मुल्यांकन गर्नुस्', आक्रोसित मुद्रामा निर्देशक गौतमले भनिन् ।
 
तर पुर्व प्रेम जोडी नीता र आमेश भने सकेसम्म यो फिल्म रिलिज नै नहोस् भन्ने सोचमा रहेको उनिहरु निकट श्रोत बताउँछ । त्यसैले यो कुरालाई आधार मान्ने हो भने उनिहरु मंसिर १७ लाई तोकिएको रिलिज मितिको आसपास कुनै पनि समयमा प्रचारमा नदेखिने अनुमान लगाउन सकिन्छ ।
 
त्यसो र दुई बर्ष पहिले जस्तो बनेको यो फिल्मको छायाँकनको दौरान नै अभिनेत्री नीता र हिरो बनि नसकेका आमेशबीच प्रेम सुरु भएको चर्चा एक समय थियो  । तर अहिले बेग्लै भईसकेका दुबै जना पुरानो घाउ नबल्झियोस भनेर पनि एकसाथ प्रस्ततु हुने आँट नगरेको अड्कल काट्ने ठाउँ पनि छ  ।