Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

यसरी जस्ताको तस्तै चोरियो लालटिन पोस्टर

फिल्मीखबर, काठमाडौं, 2016/09/21
नेपाली फिल्मका कथा, पोस्टर, कोरियोग्राफी जस्ता पक्ष कपि भयो भन्ने आरोप लाग्नु नयाँ होईन् । बर्षेदेखी नेपाली फिल्म उद्योगले विशेषतः वलिउड, साउथ तथा कोरियन फिल्मबाट अनेक पक्ष चोरीको आरोप खेप्छ । 
 
 
पछिल्लो समय यो प्रकारको समाचार मत्थराएका थिए । तर मगलबार सार्वजनिक 'लालटिन' फिल्मको पोस्टर जस्ताको तस्तै चोरी गरिएको पाईएको छ । पेटे ट्राभिषको निर्देशनमा २००८ मा बनेको अमेरिकन पोलिटिकल एक्शन थ्रिलर फिल्म 'भान्टेज पोईण्ट' बाट लालटिन पोस्टर जस्ताको तस्तै प्रभावित छ । 
 
दुई फिल्मको पोस्टर जोडिएर सार्वजनिक भएसँगै सामाजिक सञ्जलामा फिल्म युनिटले राम्रो आलोचना पाईरहेको छ । दर्शक सुभचिन्तक तथा फिल्म क्षेत्रकै व्याक्तिहरुले यो हर्कतमा आश्चर्य व्यक्त गरेका छन् ।
 
निर्माण टिमले नै यो प्रकारको पोस्टर कपि गर्न डिजाईनरलाई लगायो या डिजाईन गर्नेले चोरेरै देखाउँदा निर्माता निर्देशकको मन बुझाईदिए त्यो भने पक्कै केहि दिनमा खुल्नेछ । फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । 
 
फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन  गुरुङ, जनक बर्तौला, राज कटुवाल लगायत अभिनयमा छन् । भानुप्रतापको प्रस्तुती तथा अनिम श्रेष्ठ र राज केसीको लगानी रहेको फिल्मको सह-निर्मातामा मनोज राजभण्डारी र दिपक श्रेष्ठ छन् ।
 
तलको लिङ्कमा क्लिक गरेर 'भान्टेज पोईण्ट' फिल्मको बारेमा थाहा पाउनुहोस्ः
 
 
Most Visited News (monthly)