असोज २१ मा रिलिज हुने फिल्म 'सुब्बा साब' को ट्रेलर सार्वजनिक भएको छ । दुई दिन पहिले मात्रै रिलिज मिति तय गरकेो फिल्मको निर्माण टिमले प्रचारलाई सुरु गर्दै ट्रेलर आउट गरेको हो ।
फिल्मलाई राजु अधिकारीले निर्देशन गरेका छन् । 'सुब्बा साब' मा जीवन लुईंटेल, सरोज खनाल, बर्षा शिवाकोटी, गौरी मल्ल, महिमा शिलवाल लगायत लिड अभिनयमा छन् ।
असुतोष फिल्मस् प्रोडक्शनको व्यानरमा बनेको फिल्मका प्रस्तुतकर्ता हिरामणी घिमिरे हुन् भने एमबी क्षेत्री, राजु अधिकारी, जीचन अर्याल, कुलचन्द्र पाण्डेले पनि लगानीमा साझेदारी गरेका छन् ।

