Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वास्तविक कथा बोकेको 'तुईन' टिजर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/09/20
उत्वस थपलियाको निर्देशनमा तयार भएको फिल्म 'तुईन'को पहिलो चल दृश्य सामग्री सार्वजनिक भएको छ । धादिङ तथा गोरखा जिल्लाका वासिन्दाले अहिलेको समयमा आउँदासम्म पनि झेलिरहन परेको नदी वारपार गर्नुपर्दा तुईन प्रयोग गर्नुपर्दाको यथार्थ पीडालाई पर्दामा उतारिएको फिल्म 'तुईन'को टिजर सार्वजनिक गरिएको हो । 
 
 
युट्युवमा सार्वजनिक १ मिनेट २८ सेकेण्ड लामो टिजरमा एक वृद्ध व्यक्तीको तुईन प्रयोगमा देखिएको पीडा झल्काईएको छ । फिल्म लेखक मोहन गेलालले मान्छेको सपनाहरुलाई तुईनको डोरीसँग जोडेर तयार पारिएको कथा नै तुईनको मुख्य विषय रहेको बताए । 
 
केहि बर्ष पहिले स्कुल पढ्न जाँदै गर्दा त्रिशुली नदिमा प्रयोग गरिएको तुईन चुडिएर धेरै वालवालिकाले ज्यान गुमाउन पुग्दा समेत बाँच्न सफल किशोर सुरेश थापालाई प्रमुख पात्र बनाएर फिल्म तयार गरिएको निर्देशक थपलियाले बताए । अन्य कलाकारमा पृषा श्रेष्ठ, परिच्छित विक्रम राणा, विशाल डोटेल, श्याम खड्ला र चिराग थपलिया लिड अभिनयमा छन् ।
 
फिल्मलाई अमेरिकामा बस्दै आएकी एनआरएन सृजना उप्रेतीले निर्माण गरेकी हुन् । नेपाली समाजको एक यथार्थ कथा पाएसँगै त्यसलाई पर्दामा उतार्नु आवश्यक देखेकै कारण फिल्ममा निर्माणको लागी जुटेको निर्मात्री सृजना बताउँछिन् ।
 
पछिल्लो समय फिल्ममा ग्ल्यामरस मात्र बढ्दैगर्दा सामाजिक विषयवस्तुहरु पछि परेको भन्दै यो प्रकारको वास्तविक कहानीलाई बाहिर ल्याउन आवश्यक देखेकै कारण तुईन बनेको उनको भनाई छ । 
 
निर्मात्री सृजनाले तत्काल सार्वजनिक प्रदर्शन भन्दा पनि देश विदेशमा हुने विभिन्न फिल्म महोत्सवहरुमा 'तुईन' पुर्याउने भन्दै यसको च्यरिटी तथा रिलिजपछिको सम्पुर्ण मुनाफा विपतमा परेका वालवालिका तथा महिलाहरुको लागी खर्चिने बताईन् ।
 
फिल्मको परिकल्पना अञ्जना वस्नेतको हो । आङछेन लामाले खिचेको फिल्ममा संगीत सुरेश अधिकारीको छ ।
Most Visited News (monthly)