गत बर्ष फिल्म उद्योगमा गीत संगीतको बहार आयो । धेरै फिल्मका गीतहरुले ऐतिहासिक रेकर्ड पनि कायम गरे । त्यस मध्येको एक फिल्मको गीत थियो 'प्रेमगीत' फिल्मको 'म यस्तो गीत गाउँछु त्यो प्रेमगीत बनोस् ।'
.jpg)
यो गीतकै चर्चा परिचर्चा अनि अन्य गीतमा र रिलिज पहिले सार्वजनिक प्रचार सामग्रीले दर्शक तान्यो 'प्रेमगीत' हेर्न दर्शक हलमा उर्लिए । फिल्म पनि उत्तिकै उत्कृष्ट रहेको प्रतिक्रिया दर्शकले दिए ।

तर यो फिल्म रिलिज सकिएसँगै निर्माता र निर्देशकको टिम छुट्टियो । सम्बन्धमा दरार आएका समाचार पनि मिडियामा आए । यो बीचमा दुबै पक्षबाट प्रेमगीतसँगै जोडिएर आफ्ना फिल्म घोषणा भएका छन् । निर्माता सन्तोष सेन अभिनेता प्रदिप खड्का लिएर 'प्रेमगीत २' निर्माणको तयारीमा हुँदा निर्देशक सुदर्शन थापाले अभिनेत्री पूजा शर्मा लिएर 'म यस्तो गीत गाउँछु' फिल्म निर्माणको घोषणा गरेका छन् ।
युएईको अबुधाबीमा सम्पन्न नेपाली म्युजिक भिडियो अवार्ड समारोहमा प्रदान गरिएको फिल्मी विधाको उत्कृष्ट रोमान्टिम निर्देशकको अवार्ड उचालेसँगै सुदर्शनले सोहि अवार्डमा उत्कृष्ट अभिनेता (मोडल) ठहरिएका पल शाहलाई लिएर फिल्म निर्माणको घोषणा गरे ।
दर्शकको पर्खाई कसमा कति ?
दुबै फिल्म निर्माणको घोषणासँगै सामाजिक सञ्जालमा दुबै फिल्मलाई लिएर तर्क वितर्क सुरु भएको छ । फेसबुकमा बर्सिएका कमेन्टहरुमा कसैले प्रेमगीत २ त कसैले म यस्तो गीत गाउँछु को पर्खाई व्यक्त गरेका छन् ।
प्रदिप खड्का पछिल्लो समयका हट केक प्रेमगीतबाटै बने । उनको नाममा देखिएको फ्यान क्रेजले प्रेमगीत २ को पर्खाई राम्रै हुनसक्छ । तर फिल्म कस्तो बन्यो त्यो क्रेडिट निर्देशकमा जान्छ त्यसैले प्रेमगीतलाई उत्कृष्टता प्रदान गरेका निर्देशक थापाले राम्रो फिल्म बनाउन सक्ने आशामा म यस्तो गीत गाउँछु पर्खिने दर्शक पनि उत्तिकै हुनसक्छन् ।
सिक्वेल घोषणासँगै हिरोईन सार्वजनिक हुँदा पूजा शर्मा नै चाहिन्छ भन्ने जति कमेन्ट आए त्यति कमेन्ट पल शाह अभिनेतामा आउँदा कम छन् ।
किनकी पल शाह आफैमा स्थापित नाम हो, उनको क्रेज कस्तो भन्ने कुरा नाई नभन्नु ल ४ ले देखाईसकेको छ । त्यसैले फिल्म बनेर हलमा आउँदा दर्शक कता बढि देखिन्छन्, अथवा कसले वढि विजनेस गर्ने त्यो समयमा नै थाहा होला ।
तर पछिल्लो समय गाईंगुईं चलिरहेको दुबै फिल्म गत बर्ष प्रेमगीत माघ २९ मा रिलिज भएकै मितिको आसपासमा रिलिज हुने चर्चा वास्तविक बन्यो र पर्दामा पनि प्रतिस्पर्धा भयो भने चाहिँ पहिलो र दोश्रो को बन्नेले नै दर्शकको कौतुहलता कसमा कति निर्धारण गर्नेछ ।
(प्रेमगीत २) तश्विरः ग्ल्यामर नेपाल

