Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

छविराज व्यानरमा शिल्पा अब निर्मात्री ?

फिल्मीखबर, काठमाडौं, 2016/09/16
छविराज प्रोडक्सनमा नायिका शिल्पा पोख्रेलको गज्जबकै सम्वन्ध छ । निर्माता छविराज ओझाको यो प्रोडक्सन हाउसमा शिल्पा निकै हितैसी नै बनेकी छन । कतिसम्म भने निर्माता ओझा सङ्ग शिल्पाले बिहे गर्ने सम्म चर्चा बाहिर निस्कियो । 
 
छविराज ओझाले सार्वजनिक रुपमै शिल्पालाई प्रस्ताव राखे विवहाको, शिल्पाले पनि परिवारको स्विकृती भए बिहे गर्ने जवाफ दिईन ।
 
यसो भैरहदा अर्को खबर बाहिरिएको छ, छबिराज प्रोडक्सनकी निर्मात्री हुने भएकी छिन्, शिल्पा पोख्रेल । छविराज ओझाले निर्माण गर्ने आगामी फिल्म ‘हिफाजत २’ मा शिल्पा नायिकासँगै निर्मात्रीको रुपमा पनि रहनेछिन् । 
 
शिल्पाले आफु अब पर्सेन्टमा काम गर्न लागेको र अरु प्रोडक्सन हाउस खोज्न भन्दा छविराज ब्यानर नै रोजेको बताईन ।
 
अब त्यही ब्यानरमा काम गर्न सजिलो भएर हो या छविराज सङ्ग विवहाको मोह पुरा गर्न हो शिल्पा  छाविराज प्रोडक्सनमा रमाएको त्यो त स्वयम छवी र शिल्पालाई नै थाह होला ।
Most Visited News (monthly)