दशैको मौका छोपेर असोज २१ गतेबाट देशभर एकसाथ रिलिज हुने भनिएको फिल्म 'किङ' अब भने उक्त मितिमा नलाग्ने भएको छ । पोस्ट प्रोडक्सनको काम नसकिएको भन्दै निर्माण टिमले फिल्मको रिलिज डेट पर सारेको हो ।
फिल्मको रिलिज डेटको सम्वन्धमा निर्माता जयनले भने, 'प्राविधिक कारणले हामी फिल्मको रिलिज डेट सार्न बाध्य भयौं । अब अनुकुल समय हेरेर फिल्मको रिलिज डेट तोक्ने छौ ।'
'किङ' को रिलिज डेट पर सरेसँगै निर्माता छविराज ओझाको 'किस्मत-२' लाई फाइदा पुगेको छ । एक्सन लभ स्टोरी रहेको फिल्म 'किङ'मा निखिलको साथमा बेनिशा हमाल र अनुप बिक्रम शाहीको अभिनय रहेको छ । फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् ।

