Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.67/5.00)
Text size:-
+
-

`छक्का पन्जा` हेरेपछि रेखाले भनिन्, `दिपाश्री हिरो`

फिल्मीखबर, काठमाण्डौ, 2016/09/15
नेपाली सिने जगतमा छुट्टै स्थान बनाएकी अभिनेत्री रेखा थापालाई नजिकबाट चिन्ने शुभचिन्तक अनि स्वयम उनी पनि आफूलाई हिरो भन्न रूचाउँछिन् । बास्तममा आम दर्शकले पनि उनलाई हिरो कै रूपमा लिन्छन् । 
 
फिल्म निर्माण र निर्देशनमा समेत हिरो बनेकी रेखाले फिल्म 'छक्का पन्जा' हेरिसकेपछी दिपाश्री निरौलालाई हिरोको संज्ञा दिएकी छिन् । आफ्नी आमासँग कमलपोखरी स्थित कुमारी हलमा फिल्म हेर्न पुगेकी रेखाले बाहिरिने क्रममा फिल्म एकदमै राम्रो बनेको र फिल्मको हिरो दिपाश्री निरौला रहेको बताईन् ।
 
रेखाले भनिन्, 'फिल्म हेर्दा कहिले हाँसे त कहिले रोएँ । फिल्म हेरेर यति धेरै समय पहिलो पटक हाँसे ।' दिपाश्री निरौलाको निर्देशन रहेको 'छक्का पञ्जा'ले हलमा दर्शकको अकल्पनिय माया पाईरहेको छ ।
 
 
यो भिडियो पनि हेर्नुहोस् 

Most Visited News (monthly)