पछिल्लो रिलिज फिल्म 'वीर विक्रम'को सफलताले मख्ख अभिनेता दयाहाङ राईको अर्को फिल्म 'झूम्की' रिलिजको तयारीमा छ । अपिल विष्ट निर्देशित फिल्म असोज ७ मा लाग्दै गर्दा एक कार्यक्रममा भेटिएका दयाले फिल्म भित्रको केहि रहस्योद्घाटन गरेका छन् ।
फिल्मीखबरसँगको कुराकानीमा 'झूम्की'मा दयाहाङको भूमिका के भन्ने प्रश्नमा जवाफ फर्काउँदै दयाले बर्षौ पहिलेको द्वन्द्कालको समयको एक सिरियस केस हातमा लिएर अनुसन्धानमा निस्केको प्रहरी अधिकृतको भुमिकामा आफु प्रस्तुत भएको खुलाएका छन् ।
सार्वजनिक ट्रेलर तथा टिजरले हाईप बनाईसकेको फिल्मको छायाँकन चिसो मौसममा गर्नुपर्दाको पीडा पोखेका दयाले 'कबड्डी'की मैयाँ उर्फ रिष्मा गुरुङसँग यो फिल्ममा स्कृन सेयर गरेका छन् ।
अपिल विष्टकै निर्माण रहेको फिल्ममा दयाहाङ र रिष्मासँगै मलिना जोशि, मनोज आरसी लगायत लिड अभिनयमा छन् भने निश्चल बस्नेत पनि अतिथी भुमिकामा छन् ।

